Thursday, February 2, 2012

Nepali Joke- Who would live to prove me as a lier???

एकपटक एउटा पानी जहाज यात्रुहरुलाई लगेर कतै जांदै थियो, धेरै मान्छे जहाजमा थिए । जहाज बीच समुद्रमा पुगेपछि अचानक जोरको हुरी चल्न थाल्यो, टाढासम्म उद्धारको कुनै संकेत थिएन । सबैजना डरले कराउन लागे अब बाँचिदैन भनेर । त्यसैबेला एकजना बाबाजीले सबैलाई शान्त गर्दै भने "यो जहाज कुनै हालतमा डुब्दैन" ।
मान्छेहरु बाबाजीले भनेको हुनाले चुप लागेर बसे । केहि छिनमा हुरिबतास चल्न बन्द भयो । सबैजना बाबाको जय जयकार गर्न लागे ।
कोइ बाबा को हात मुसार्न लागे, कोइ चै बाबाको गोडा मिच्न थाले । त्यति बेला नै बाबा सङ्ग आएको उन्को शिष्यले सुटुक्क सोध्यो "गुरुदेव्, तपाईंले यति विश्वासपूर्वक कसरी भन्नुभयो कि जहाज डुब्दैन भनेर ?"
बाबा: "तिमीलाई के लाग्छ जहाज डुबेको भए मलाई झुटो साबित गर्नलाई को बाँच्ने थियो ?"

No comments:

Post a Comment